तुलसी निरौला, झापा
झापामा एक भारतीय मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।

विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका )३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका उनी घर जाने क्रममा झापाकाे पूर्वी सिमाना मेची पुलमा बसेको र उनको त्यहिँ मृत्यु भएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए ।
उनी लामो समय देखि जण्डीस रोगबाट थलिएको र उनको साेहि राेगका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय