तुलसी निरौला, झापा
उदयपुरका पत्रकार कौशल चेम्जोङसहित पूर्वका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
राष्ट्रिय पत्रकारीता दिबसका अबसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको प्रदेश नम्बर एक आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहाल ,गोविन्दचन्द क्षेत्री , मोरङकी ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई यो पुरस्कार प्रदान गरिने भएको हो ।
मन्त्रालयले अघिल्लो बर्ष र यस वर्षको गरि दुबै वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो । पुरस्कारकाे राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ।
मन्त्रालयका अनुसार काेराेनाका कारण पुरस्कार बितरण गर्न नसकिएको र परिस्थिति सहज भएपछी पुरस्कार हस्तान्तरण गरिने छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका अध्यक्ष लिलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष बिक्रम लुइँटेल रहेको छनाैट समिति गठन गरिएको थियो।