तुलसी निरौला, झापा
उदयपुर सिमेन्ट उद्योगले उत्पादन गरेको गैंडा सिमेन्टको बिक्री झापामा शुरू गरिएको छ झापाका व्यवसायिक क्षेत्रका चारजना युवाले झापा आइरन प्रालि स्थापना गरि गैँडा सिमेन्टकाे विक्रि शुरू गरेका हुन् ।
झापाका ज्ञानुराम प्रसाई, सुभाष भट्टराई, राहुल शर्मा र प्रकाश लिङदेनले झापा आइरन प्रालि स्थापना गरेका हुन्।
झापामा उदयपुर सिमेन्ट उद्योगले उत्पादन गरेको गैंडा सिमेन्टको
बिक्री केन्द्र नहुँदा उपभोक्ताले सहज ढङ्गले झापामा गैंडा सिमेन्ट पाउन नसकिरहेको अवस्थामा झापा अाइरन प्रालिले गैडा सिमेन्टकाे बिक्रि शुरू गरेको प्रबन्ध सञ्चालक सुभास भटराईले बताए ।
चुन ढुङ्गा प्रयोग गरेर बनाइएको गैंडा सिमेन्ट अरु सिमेन्टको तुलनामा धेरै गुणस्तरीय र भरपर्दो मानिने बताउँदै उनले गैडा सिमेन्ट झापाको बजारमा प्रतिबोरा ८४० रुपैयाँमा उपलब्ध हुने उनले बताए।
पूर्वाधार निर्माणको बढ्दो अवस्थालाई ध्यानमा राखेर कम्पनी स्थापना गरिएको प्रबन्ध सञ्चालक भट्टराईले बताए।
उच्च गुणस्तरीय सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि कम्पनीले पहिलोपटक गैंडा सिमेन्ट राेजेकाे झापा आइरन प्रालिका अध्यक्ष ज्ञानुराम प्रसाईले बताए।
मेचीका पहाडी जिल्लामा समेत उपलब्ध हुने गरी झापा आइरन प्रालिले गैंडा सिमेन्टको बिक्री सुरु गरेको उनले बताए । प्रतिवर्ष कम्तिमा एक लाख बारेमा गैंडा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखिएको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए ।
सबै प्रकारका निर्माण सामग्रीको बिक्रीका लागि कम्पनीले झापाको विर्तामोड र कनकाई नगरपालिकामा बिक्री केन्द्र स्थापना गरेको उनले बताए । झापाको बिर्तामोडमा सुगम शान्तिटाेलमा बिक्री केन्द्र स्थापना गरे र गैडा सिमेन्टकाे बिक्रि शुरू गरिएको उनले जानकारी दिए।
बिक्री केन्द्रमार्फत सिमेन्ट, रड, रङ लगायतका निर्माण प्रयोजनका सामग्री थोक तथा खुद्रा मुल्यमा बिक्री गरिने उनले बताए।