वैशाख,बराहक्षेत्र-
वराहक्षेत्र नगरपालिका वाड नं १ र २ एटिएम मेसिन नहुँदा आन्तरिक बाह्रय पर्यटकहरुले आफुले चाए जति रकम खर्च गर्न पाउदैन।
बराहक्षेत्र नगरपालिका वार्ड नं १ र २ चतरा, वयरवन बजारमा
पैसा निकाल्ने एटिएम मेसिन नहुँदा स्थानीय,आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई समस्या रहेको छ।
आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई एक चोटी पुग्नै पर्ने स्थानको रुपमा विकसित भइरहेको चतरा, वयरवन बजार धार्मिक, एतिहासिक, सास्कृतिक, आन्तरिक,बाह्रय पर्यटकहरु भित्र्याउन सक्ने ठाउहरु वराहक्षेत्रमा प्रसस्तै रहेको छन।
वराहक्षेत्र मन्दिर,औलिया बाबाको गद्दी मठ,छिनामस्ता मन्दिर,भवानी थान,सूर्यकुण्ड, चिया वारीमा स्टोबेरी फर्म, कुम्भ मेला,कुम्भ स्थम्भ, हनुमानको मूर्ति, सप्तकोशिको नयाँ पुल, सप्तकोशिमा जेड वोड, रिसोर्ट होटल सप्तकोशिमा राफ्टिङ पर्न सकिन्छ।
दिनेश खम्बूले भने:-अान्तरिक बाह्रय प्रर्यटकहरुले सप्तकोशि नदीमा जेड वोडको आनन्द लिदै अरुण,तमोर सगम स्थल त्रिवेणी पुगि किरातीहरुको आस्थाको केन्द्र खुवालुङ अवलोकन र दर्शन गर्न सकिने कुरा बताए।
मितेरी,सेन्चुरी २ वटा बैंक रहेको छ।
आर्थिक कारोबार गर्ने अन्य वित्तीय संस्थाहरु चतरा सहकारी,डिप्रोक्स लधुवित, किसान कल्याण,पखवति,चौडण्डा, तिर्थ नगरी, व्यापार सध, सरोवर, वयरवन महिला,हरीद्दार,औलिया,महुलि आदि रहेका छन्।
तेस्तै सरकारी कार्यालयहरु:- प्राथामिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, ससस्त्र प्रहरी वेस क्याम्प, १ र २ को वडा कार्यालय,सुनसरी मोरङ्ग सिचाइ कार्यालय,चतरा जलविद्युतको कार्यालय, इलाका हुलाक कार्यालय,वृहत् वराहक्षेत्र विकास, इलाका वन कार्यालय, वराहक्षेत्र मन्दिर अस्थाइ प्रहरी चौकी रहेको छन।
वराह आदर्श क्याम्पस व्यवस्थापन विषयको स्नातक सम्मको अध्ययन हुन्छ।
आदर्श मा.वि.औलिया मा.वि. तथा आधारभुत (१-८) र १ -५ सन्चालन धेरै विधालय रहेका छन।
स्थानीय व्यक्ति, व्यापारिक, कर्मचारी,सिक्षक, विधार्थी,आन्तरिक, बाह्रय प्रर्यटकहरु सग एटिएम कार्ड भए पनि चतरा वयरवन बजारमा एटिएम उपलब्ध नहुँदा नहुँदा पैसा झिक्न, चक्रधटी, धरान र इटहरी जाने गरेका छन्।
स्थानीय रन्जित लोहनीले भने:-दैनिक हजारौं संख्यामा आन्तरिक,बाह्रय पर्यटकहरु चतरा वयरवन बजारमा भित्रिए पनि मितेरी र सेन्चुरीमा वैक तथा आर्थिक कारोबार गर्ने अन्य सध सस्थाहरु सग एटिएम उपलब्ध नहुँदा आन्तरिक बाह्रय पर्यटकहरुले एटिएमबाट चाय जति रकम झिकेर बराहक्षेत्रमा खर्च गर्न सकिरहेका छैन्न।
एटिएम सुविधा नहुँदा मनोरञ्जन गर्न आउने आन्तरिक बाह्रय पर्यटकहरुले आफुसँग रहेको रकम खर्च गरेर धरान,इटहरी,भेरेटार तर्फ जाने गरेका छन भन्दै थपे सेन्चुरी बैंकको प्रदेश प्रमुख दिपक पौडेलले सार्वजनिक कार्यक्रममा चाँडै एटिएम राखेर सन्चालन ल्याउने प्रतिवद्धता व्यक्त गरे पनि उनले हालसम्म प्रतिवद्धता पुरा नगरेको बताए भने चाडो भन्दा चाडो एटिएम सञ्चालन ल्याउन सम्वन्धित निकायसग आग्रह गरे।
उधोग वाणिज्य संघ अध्यक्ष रमेश विष्टले भने:-
आन्तरिक बाह्रय प्रर्यटक सग एटियम काडमा पैसा भए पनि एटिएम मेसिन नहुँदा पैसा निकालेर खर्च गर्न नपाए मान्छेहरु फर्किएको तितो यथार्थ रहेको विष्टसग छ।
उनले भने साथि भाई इष्ट मित्र आफन्ताजनअन्य मानिसहरूले एटिएम सुविधा वारेमा सोध्दा सुविधा उपलब्ध नभएको र बाध्य भएर चक्रधटी, धरान, इटहरी तर्फ जान अनुरोध गर्ने गरेको विष्टले बताए।
वराहक्षेत्र वडा नं १ र २ मा चाडो भन्दा चाडो एटिएम मेसिन राख्न सम्वन्धित सरोकारवाला निकायको ध्यान आकर्षण गराए।
सेन्चुरी बैंक चतरा वयरवनको मेनिजर तिर्थ मणि काफ्ले सग सम्पर्क गर्दा एटिएम मेसिन बैंकसग मौज्दात रहेको तर एटिएम मेसिन राख्ने स्थान बनाउने स्थानीय ठेकदार व्यक्ति उपलब्ध नभएको बनाउने व्यक्ति भेटेमा चाडै बनाइ एटिएम सन्चालन गर्ने उनले बताए।