तुलसी निरौला,झापा
झापामा कोरोनाको संक्रमणका कारण एक जना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया महिला रहेकी छिन्। पित्त थैलीमा क्यान्सर भएकी उनको
झापाको मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकाे अवस्थामा उनको घरैमा मृत्यु भएको बताइएको छ।
उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु र उनको मेची अस्पतालमा पीसीआर परीक्षण गर्दा एउटा छोराको पनि कोरोना पोजेटिभ देखिएको
मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले बताए।