तुलसी निरौला२०७८वैशाख २१ झापा,
वर्षासहित परेको चट्याङले लागेर झापामा एक जना असईकाे मृत्यु भएको छ। चट्याङले लागेर किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असई महादेव ठाकुरको मृत्यु भएको हाे ।
साइकलमा रात्रि गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा दुईजना रहेका थिए । ठाकुर सँगै रहेका प्रहरी हवल्दारलाई केही नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।