तुलसी निरौला,झापा
झापामा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ।
सोमबार बिहानदेखि सवारी साधनको आवागमन धेरै पातलो भए काे प्रहरिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चल्न दिने जनाएपछि सवारी साधन सञ्चालनमा कमी आएको हो।

त्यस्तै औषधि बिक्रीबाहेकका अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

चोक/चोक प्रहरीले चेकजाँचलाई कडा बनाएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर