हिमाल राई बराहक्षेत्र
वराहक्षेत्र नगरपालिका वाड नं २ पुनर्वास निवासी लाल बहादुर राईले आफ्नो स्वर्गीय पत्नी पवित्रा लिम्बूनीको नाममा क्यान्सर पिडित विरामीको ‌लागि अक्षय‌ कोषको स्थापना गरिदिएको छन।
ताप्लेजुङ जिल्ला थिङलाबु गा.वि.स वाड नं २ अोख्रवुमा २०११ वैशाख १ गते जन्म भइ वराहक्षेत्र नगरपालिका वार्ड नं २ कर्मथलो बनाई क्यान्सर पिडित भई उपचार कै क्रममा स्वर्गीय पत्नी पवित्रा लिम्बूको मिति २०७८ वैशाख १ गते मृत्यु भए पछि स्वर्गीय पत्नी पवित्रा लिम्बूको नाममा २ लाख रुपैयाँको अक्षय‌ कोषको स्थापना गरिदिएका हुन्।
लाल कुमार राईले भने:- वराहक्षेत्र नगरपालिका वार्ड नं १ र २ का क्यान्सर पिडित एवम् अति विपन्ता परीवारका लागि स्वास्थ्य उपचार तथा राहत एवम साहायता गर्ने उद्देश्यले‌ “श्री पवित्रा लिम्वुनी स्वास्थ्य बिमा अक्षय‌कोष” खडा गरी क्यान्सर पिडित विरामी र विरामी परीवारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले आफुले क्यान्सर पिडित स्वर्गमा पत्नीको नाममा २ लाख रुपैयाँको अक्षय‌ स्थापना गरिदिएको राईले वताए।
२ लाख रुपैयाँको ब्याजबाट आएको रकमबाट ९०% रुपैयाँ स्वास्थ्य विमा खर्च गरीने र १० % रुपैयाँ मुल रकममा थप्दै लाने कुरा राईले बताए।
स्वास्थ्य केन्द्र चतराले लाल कुमार राईलाई सम्मान पत्र र दोसल्ला अोडाए सम्मान गरेको थियो।
वडा नं २ बडा अध्यक्ष हरिकृष्ण भट्टद्वाराईले भन्नु भयो:- लाल कुमार राईले आफ्नो क्यान्सर पिडित श्रीमतीको पिडा,दुख बुझेर नै क्यान्सर पिडितको विरामीहरुको लागि स्वास्थ्य क्षेत्रको लागि रकम उपलब्ध गराउनु भयो र समाजमा जुन उदाहरणिय, सर्हानिय कार्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय