तुलसी निरौला, झापा,वैशाख २०
झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भएर आलगाली भएको छ ।
सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएकाे छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिका को दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।