
मुना राई चैत्र ३१,बेलका उदयपुर
नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) को भातृ संगठन योड० कम्युनिस्ट लिग (वाईसिएल) नेपाल को बेलका नगर कमिटी आज चैत्र ३१ मा गठन भएको छ।आदिवासी जनजाति सभाहल , रामपुरमा भएको भेलाबाट अनिल नेपालको संयोजकत्वमा ३२ सदस्यिय नगर कमिटी गठन भएको हो।
वाई सि एल नेपालको केन्द्रिय सचिव एबिराज राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले संयोजक नेपाल सहितको ससक्त जुझारु युवा गठन गरिएको आयोजकले बताएको छ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथी राईले सबैखाले अतिवादका बिरुद्ध वाईसिएल नेपाल गठन भएको र पार्टीलाई संकट परेको समयमा जस्तोसुकै परिस्थीतीमा पनि YCL पछाडी नहट्ने बताए।राईले देश नै अब YCL मय बन्दै गएको समेत बताए। उदयपुर YCL जिल्ला अध्यक्ष ज्ञानेन्द्र मगरले सबै युवाहरु अब प्रतिक्रान्तिकारीताका बिरुद्ध लाग्नुपर्ने बताए। जिल्ला ईन्चार्ज दिपक किरॉतीले माओवादी आन्दोलनका उपलब्धीलाई रक्षा गर्न सबै युवा जुट्नु पर्ने बताए।
नगर पार्टी अध्यक्ष मनोज तामाड०ले बाघ भएर पनि केही साथीहरु भेडाको बथानमा भेडा झै कराउदै हिडेकाले आफ्नो बर्ग र समुदायलाई भुलेको बताउदै अन्तत उनीहरुले आफुलाई चिन्नु पर्ने तर्क गरे।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य राकेस किरातीले अरुले पिठो बेचिरहे पनि माओवादीले आफ्नो बास्मती चामल पनि बेच्न नसकिरहेको बताए। नेता रमन भट्टराईले वारपारको स्थिति बनाउन अन्तत पार्टी चुनावमा जानुपर्ने तर्क गरे।
नगर पार्टी प्रबक्ता ललित राईले YCL नेपाललाई पुर्ववत स्वरुपमा फर्काउनु पर्ने र सबैखाले अन्याय र बेथितीको बिरुद्ध जाईं लाग्ने गरि कार्यक्रम बनाउन नगर समितीलाई सुझाव दिए।
नगर कमिटीका पदाधिकारीहरुलाई केन्द्रीय सचिव तथा प्रमुख अतिथी राईले सफथ ग्रहण गराएका थिए।अब यथासक्दो चाडै नै वडा कमिटी गठन संगै संगठन बिस्तार गरिने संयोजक नेपालले बताए।कार्यक्रममा युवा नेता भोजराज राई (आकास) ले स्वागत मन्तव्य राखेका थिए।