धनगढी, चैत्र ३०

कैलालीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो।आइतबारनै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय