हिमाल राई सुनसरी
वराहक्षेत्र नगरपालिका वडा न २ मा सहरी विकास केन्द्रको लगानिमा सिंह देवी टोलमा डेरेन(कल्भट)को काम सुरु हुदै छ।
सहरी विकास केन्द्रको २५ लाख रुपैयाँको लगानीमा २०० मिटर अन्दाजी दुवै तर्फ डेरेन(कल्भट) निर्माण हुने कुरा कुरा सहरी विकास केन्द्रका यो भने निर्माण कार्य सन्तोष जनक रहेको बताए।
सिंह देवी टोलमा वर्षाको समयमा पानिको निकासा नहुँदा घरहरु डुवान र मान्छे हिडने बाटो खहरे खोलाको रुपमा परिणत हुन्थ्यो। सर्वसाधारण व्यक्तिहरुलाई आवत जावत गर्न समस्या हुन्थ्यो।
स्थानीय डम्वर कार्कीले भने :-सिह देवि टोलमा वर्षाको समयमा मान्छे हिडने बाटो खहरे खोलाको रुपमा परिणत भई आवतजावत गर्न समस्या रहेको जानकारी दिदै भने डेरेन(कल्भट) वने पछि केही मात्रामा यो समस्याबाट मुक्त हुने बताए।
निर्माण उपभोक्ता समितिका अध्यक्ष सुसिल अर्यालले भने सहरी विकास केन्द्रको २५ लाख रुपैयाँ लगानीमा पहिलो चरणमा सिंह देवी मन्दिर देखि नारायण कार्कीको घर सम्म दुवै तर्फ ३३० मिटर डेरेन(कल्भट) र ३० फुटे वाटो निर्माण सम्पन्न भइ सहरी विकास केन्द्रलाई हस्तान्तरण गरी गरी सकेको जानकारी दिए।
अहिले प्रसान्त बस्नेतले डेरेन(कल्भट) ठेक्का पारेर कामलाई निरन्तरता दिदै आएको छन।
ठेक्कादार पक्षले निर्माणस्थलमा सार्वजनिक सुचना होडिङ वोड समेत नराखी कामलाई निरन्तरता दिदै आएको कुरा स्थानीय दिपेन्द्र पौडेलले बताए।