काठमाडौँ, चैत्र २
जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् ।पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस निर्णय भने गर्न सकेको छैन।
सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘अझै पनि समय छ,नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडुन्उनले दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे भन्दै नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? भन्दै प्रश्न समेत खडा गरेका छन्।