हिमाल राई वराहक्षेत्र सुनसरी
वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा वहिस्कार गरेको छ।नगर पालिकाको नगर पिता निलम खनालले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।
नगर पालिकाले जन भावना अनुसार काम, वजेट वितरण देखि योजना तर्जुमा समेतमा, नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्षहरुको राय सल्लाह विनानै काम छनौट गर्ने र आफ्ना कार्यकर्ताहरुलाई राजनैतिक नियुक्ति गर्ने, ठेक्का पट्टा लगाउदा आफु खुसी ठेक्का लगाई ठेक्दासग अनियमितता गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका जनप्रतिहरुले नगर सभा बहिष्कार गरेर सभा हलबाट बाहिरका थिए।
वडा नं १ वडा अध्यक्ष सुरेश श्रेष्ठलाई विनाकारण प्रहरीले धरपकड गरी हिरासतमा राख्दा पनि नगर पालिकाले प्रेस विज्ञप्ति ननिकालेको र वडा अध्यक्ष असुरक्षित रहेको ठहर गरेको (२) नगरपालिकाको नगर सभाबाट पारित गरेको सप्तकोशी नदीमा चल्ने पानि जहाज ३०००००(तिन लाख) ३ वर्ष सम्म पनि राजस्व उठाउन पटक पटक नगर सभामा कुरा समेत बेवास्ता गरीएको।(३)पानि जहाज सन्चालकहरुले मनोमानी भाडा असुली गर्दा पनि बेवास्ता गरेको।(४) किराती धर्मलम्बीहरुको आस्थाको केन्द्र खुवालुङ्ग धामको ढुङ्गा फुटाउन राज्यले बजेट छुट्याइ जातिले हिसा फैलाउन खोजेकोमा नगरपालिका मौन रहेका ठहर गर्दै १वडा अध्यक्ष सुरेश श्रेष्ठ २ हरिकृष्ण भट्टराई ३उद्दव प्रसाद पोखरेल वडा सदस्यहरु सुसिला सेर्पा वडा १ सुसिला परीयार लोक व दाहाल,भुपाल राई वडा २ टेक बहादुर राई,लाल बहादुर तामाङ बडा ६ दुर्गा देवी खरेल, चन्द्र दर्जी वडा ११अनिरुद्ध मण्डल सहितले १२ जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेको ग्यापन पत्र नगर पितालाई बुझाइ नगर सभा बहिष्कार गरेर थिए।