आवरउदपुर,चैत्र १५ ।
काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन कार्यक्रम शान्तिपुर्ण रुपमा भईरहेको छ।
विभिन्न ठाँउवाट र्यालीसहित अघि बढेको प्रदर्शन भृकुटिमण्डपस्थित राष्ट्रिय सभा अगाडी पुगेर जनसभामा परिणत हुदैछ।
कुशासन र गणतन्त्र विरोधि विरुद्वको लागि गरिएको प्रदर्शनमा लाखौं जनता ओईरिएको छ।
नेकपा माओवादी केन्द्रले कुपन्डोल,बबरमहल,त्रिपुरेस्वर र सोरखुट्टेवाट जुलुस निकालेको थियो ।एकिकृत समाजवादी ले डिल्लीवजार र मैतिदेवीवाट जुलुस निकालेका थिए भने विप्लप नेत्रृत्व नेकपाले सुन्धारावाट र नेसपाले न्यूरोड गेटवाट जुलुस निकालेका थिए।
सभामा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),पम्फा भुसाल एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल,नेकपा महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी अध्यक्ष महिन्द्रराय यादव ले सम्वोधन गर्दैछन्।
गणतन्त्र विरोधि पक्षधरको पनि आजै भई रहेको प्रदर्शनीमा भने झडप भएको छ।र्याली सहित अगाडी बढेको जुलुस तिनकुनेमा तितरवितर भएको स्रोतले जनाएको छ।






