काठमाडौं, फागुन ११

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्दै प्रतितोला ९० हजार एक सय पुगेको छ ।सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय