हिमाल राई,बराहक्षेत्र मङ्सिर १२

बराहक्षेत्र नगरपालिका वार्ड नं १ तथा २ चतरा, वयरवन बजारमा पैसा निकाल्ने एटिएम मेसिन नहुँदा स्थानीय,आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई समस्या भई रहेको छ।
आन्तरिक तथा बाह्रय पर्यटक‌हरुलाई एक पटक पुग्नैपर्ने गन्तव्य स्थानको रुपमा विकसित भइरहेको चतरा,वयरवन पुरानो तथा चर्चित बजार पनि हो।
माहमहिम राष्ट्रपति विध्या भण्डारी,सेरधन राई,सुधन किराती तथा चर्चित कलाकार दयाहाङ राई लगायत आफ्नो गृहजिल्ला भोजपुरमा (मोटर बाटो नहुँदा) जादा आउदा हिडेर यहिँ बाटो प्रयोग गर्थे।
चतरा,बयरवन बजारको धार्मिक,एेतिहासिक,
साँस्कृतिक,आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्र्याउन सक्ने वराहक्षेत्रमा प्रशस्तै ठाउँहरु रहेका छन्।
वराहक्षेत्र मन्दिर,औलिया बाबाको गद्दी मठ, छिनामस्ता मन्दिर,भवानी थान,सूर्यकुण्ड,चिया वारीमा स्ट्रोबेरी फर्म,
होम स्टे,कुम्भ मेला,कुम्भ स्तम्भ,हनुमानको मूर्ति, सप्तकोशिको नयाँ पुल, सप्तकोशिमा जेड वोट तथा रिसोर्ट होटल सप्तकोशिमा राफ्टिङ, फिसिङ इत्यादि पर्यटनका लागि पुग्नुपर्ने गन्तव्य स्थान बनि रहेकाे छन् ।
याहा रहेका मितेरी र सेन्चुरी २ वटा बैंक रहेका छन्।आर्थिक कारोबार गर्ने अन्य वित्तीय संस्थाहरु चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था,डिप्रोक्स लधुवित,किसान कल्याणकारी,अौलिया वावा आदि रहेका छन् भने सरकारी कार्यालयहरुमा,चतरा अस्पताल,इलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी वेस क्याम्प, १ र २ को वडा कार्यालय,सुनसरी मोरङ्ग सिचाइ कार्यालय, चतरा जलविद्युतको कार्यालय,इलाका हुलाक कार्यालय,वृहत् वराहक्षेत्र विकास,इलाका वन कार्यालय,वराहक्षेत्र ‌मन्दिर एरियामा अस्थाइ प्रहरी चौकी तथा नेपाल टेलिकम रहेका छन्।
एति मात्र कहाँ हो र वराह आदर्श क्याम्पस व्यवस्थापन विषयको स्नातक सम्मको अध्ययन हुने साथै आदर्श मा.वि.औलिया मा.वि. तथा आधारभुत विध्यालय (१-८) र १- ५ लगायत धेरै रहेका छन्।
स्थानीय व्यापारिक वर्ग, कर्मचारीहरू,शिक्षकहरू, विधार्थीहरू,आन्तरिक साथै बाह्रय प्रर्यटकहरु संग एटिएम कार्ड भए पनि चतरा वयरवन बजारमा रहेका २ वटा बैंक सग एटिएम मेसिन उपलब्ध नहुँदा पैसा झिक्न,चक्रधटी,
कालावन्जर,धरान वा इटहरी जाने वाध्य छन्।
स्थानीय समाजसेवी,यूवा नेता दिपेश जङ्ग बस्नेतका अनुसार दैनिक हजारौं संख्यामा आन्तरिक,बाह्रय पर्यटकहरु चतरा वयरवन बजारमा भित्रिए पनि मितेरी र सेन्चुरी बैंक तथा अन्य आर्थिक कारोबार गर्ने संघ संस्थाहरुसंग एटिएम मेसिन उपलब्ध नहुँदा आन्तरिक बाह्रय पर्यटकहरुले एटिएमबाट अावश्यक पर्ने जति रकम झिकेर बराहक्षेत्रमा खर्च गर्न सकिरहेका छैनन्।
एटिएम सुविधा नहुँदा मनोरञ्जन गर्न आउने आन्तरिक बाह्रय पर्यटकहरुले आफुसँग रहेको सिमित रकम खर्च गरेर धरान,इटहरी,भेरेटार तर्फ मनोरञ्जन गर्न जाने गरेका छन् भन्दै सेन्चुरी बैंकको प्रदेश प्रमुख दिपक पौडेलले‌ एक सार्वजनिक कार्यक्रममा चाँडै एटिएम संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेता पनि उनले हाल सम्म प्रतिवद्धता पुरा नगरेको कुरा उनले बताउदै भने साथै चाँडो भन्दा चाँडो एटिएम सञ्चालन ल्याउन बैंक संग बस्नेत आग्रह पनि गरेका छन।
सेन्चुरी बैंकले आफ्ना ग्राहकहरुलाई एटिएम कार्ड विवरण गरे पनि हालसम्म एटिएमको सेवा सुविधा नदिएको कुरा युवा नेता सुरेन्द्र राई आरोप छ।
उधोग वाणिज्य संघ अध्यक्ष रमेश विष्टले आन्तरिक बाह्रय प्रर्यटक सग एटिएम कार्डमा पैसा भए पनि एटिएम मेसिन नहुँदा पैसा निकालेर खर्च तथा मनोरञ्जन गर्न नपाइ आन्तरिक तथा बाह्रय प्रर्यटकहरु छिट्टै यसबाट फर्किएको तितो यथार्थ रहेको कुरा बताउदै भने साथी भाई,विदेसवाट आउने आफन्तजन तथा अन्य मानिसहरूले एटिएमको सेवा,सुविधा वारेमा सोध खोज गर्दा एटिएमको सेवा सुविधा याहाँ उपलब्ध नभएको र बाध्य भएर चक्रधटी,कालावन्जर,
धरान,इटहरी तर्फ जान अनुरोध गर्ने गरेको बिष्टले बताए ।
सेन्चुरी बैंक वयरवनका मेनेजर तिर्थ मणि काफ्ले सगं एटिएम बारेमा बारम्बार वुझ्दा एटिएम मेसिन बैंकसग मौज्दातमा रहेको तर एटिएम मेसिन राख्ने स्थान बनाउन स्थानीय ठेकदार व्यक्ति उपलब्ध नभएको र यथाशीघ्र चाँडै बनाइ एटिएम संचालन गर्ने उनले बताइ रहेका छन्।
वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले भने एटिएम सञ्चालनमा ल्याउन बैंकहरु सग पहल कदमि गर्ने बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय