हिमाल राई बराहक्षेत्र:-
बराहक्षेत्र बडा नं १ सप्तकोशी नदि किनारामा रहेको प्रसिद्ध अलौकिक श्मसान मसान धाटमा हाल सम्म पनि सार्वजनिक सौचालय छैन।
मान्छेको मृत्यु भए पछि अन्तिम दाहासस्कार गर्न धाटमा लानु पर्छ तर धाटमा हालसम्म पनि सार्वजनिक सौचालय नहुदा मृतकका आफन्त तथा मलामी आउनेहरुलाई(दिशा, पिशाब)गर्न समस्या भई रहेको कुरा स्थानीय बुद्द श्रेष्ठ बताउँदै भन्छन् :-
अलौकिक श्मसन धाटमा स्थानीय ठाउहरु चतरा, भलायो टार,वयरवन,हाट खोला,खारखोला,वगुवा,पुनर्वास,धरान लगायत विभिन्न स्थानबाट मृत्यु भए पछि दाहासस्कार गर्नका लागि घाट ल्याउने प्रचलन छ।
अलौकिक धाटमा पर्याप्त मात्रामा दाताहरुले धर्म शाला निर्माण गरे पनि हालसम्म पनि सार्वजनिक शौचालय बनाउने तर्फ सरोकार राख्ने निकायको ध्यान पुग्न सकेको छैन।
सौचालय नहुदा मलामी(पुरुष, महिला) हरुलाई समस्या,सास्ती भइरहेको कुरा प्रतक्ष्य अप्रतक्ष्य रुपमा देख्न सकिन्छ।
सौच(दिसा-पिसाव) गर्न-फेर्नका लागि झाडी बुटायन तिर जानुको अर्को विकल्प मलामीहरु सग हुदैन।
मानव सव्यताका लागि अति आवश्यक वस्तु गास,वास,कपास भने झै सौचालय एक महत्वपूर्ण स्थल हो।
अलौकिक धाटमा विधुतको लाइन,जडान भए पनि रातको समयमा बत्ती नहुँदा लास जलाउन आउने व्यक्तिहरुलाई सास्ती तथा समस्या भइरहेको छ।
स्थानीय युवा नेता सुरेन्द्र राईले भन्छन्:- सौचालय,खाने पानी तथा बिधुतका बल्बहरु जडान गरि समस्या समाधान गरी दिन सरोकार राख्ने निकायहरु तथा दयालु दान वीरहरु दाताहरु संग आग्रह गरेका छन्।
भीम प्रसाद आचार्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि हुदा बराहक्षेत्र गा.वि.स.लाई खुल्ला दिशा,पिसाब मुक्त क्षेत्र मिति २०७०साल चैत १७ गते घोषणा गरेका थिए।
वराहक्षेत्र नगरपालिका वडा नं १-२ मा भित्र सार्वजनिक सौचालयहरु निम्न स्थानहरू रहेका छन:-
बराहक्षेत्र मन्दिर १ वटा,सप्तकोशी पुलमा १ वटा,कुम्भ स्तम्भ अगाडि पछाडि २ वटा,चतरा बस पार्कमा १ वटा,गौरी टोलमा १ वटा तथा हाट खोलामा १ वटा गरी ७ वटा सार्वजनिक सौचालय रहेका छन्।






