१९ बैसाख
स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्र रुपले अनुगमन पनि गरिरहेका छन् ।
तर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । एमालेका मेयर उपमेयरसहितका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन् ।
लोसपाका जितपुरसिमरा उपमहानगरका मेयरका उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स व्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचार गरिरहेका देखिन्छन् ।
त्यसैगरी एमालेका उमेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स व्यानर प्रदर्शन गरी निर्वाचन प्रचार प्रसार गरिरहेका छन् । एमालेका तर्फबाट वडा नं. ७ का अध्यक्षका उमेदवार सुनिल गुप्ताले निर्वाचन आचारसंहिता उलंघन हुने गरी प्रचार गरेका हुन् ।
निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय