हिमाल राई वराहक्षेत्र सुनसरी
किरातीहरुको आस्थाको केन्द्र खुवालुङ वचाउ अभियमा जुटेका अभियन्ताहरु दिनेश खुम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ।
८ फागुनमा विराटनगर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको आस्थाको केन्द्र खुवालुङ्ग ढुंगा फुटाएर भए पनि सप्तकोशिमा जहाज चलाइ छाड्ने उदघोष गरेका थिए। उक्त उदधोषको विरोध जनाउन किरातीहरुको जातिय धार्मिक सध संस्थाहरुले किरातीहरुको धार्मिक आस्था केद्रको धरोहर खुवालुङ्ग क्षेत्र पुगेर विरोध जनाउने कार्यक्रम तय गरेका थियो।
पानी जहाज व्यवसायीले खुवालुङ्ग अभियनका अभियन्ताहरूलाई खुवालुङ सम्म पुर्‍याउन असहयोग गरे पछि दुवै पक्ष विच सामान्य वाद विवाद भइ हात्त हालाहाल भएको थियो।
इलाका प्रहरी कार्यालय महेन्द्र चक्रधटीमा मेल मिलाप गर्न जादा दिनेश साजन राईलाई पक्राउ गरी हिरासतमा राखेको छ।
दुवै पक्ष मेल मिलाप गर्ने सहमति भएर ईलाका प्रहरीले कार्यालय चक्रधटी पुग्दा प‌नि प्रहरीलेअसहयोग गरी दिनेश,साजन राईलाई हिरासतमा राखेको कुरा खुवालुङ्ग क्षेत्र संरचना समितिका सचिव दिला राईले बताउदै भनिन:-हाम्रा अभिनयका अभियन्ता साथिहरु२४ धण्टा भित्र हिरासत मुक्त गर्न माग गरेकी छन नभए उक्त अान्दोलनवाट हुने क्षति राज्य प्रशासनले लिनु पर्ने कुरा वक्तव्य भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय