भाइरल चर्चापछि सुनिल–वर्षा अब मोडलिङमा, रचना रिमालको गीतबाट डेब्यु
अन्तरजातीय विवाहपछि सामाजिक सञ्जालमा व्यापक चर्चामा आएका सुनिल सुनार र उनकी पत्नी वर्षा अब मोडलिङ क्षेत्रमा प्रवेश गर्ने भएका छन्। टिकटक र फेसबुकमार्फत चर्चित बनेको यो जोडी अब म्युजिक भिडियोमार्फत दर्शकमाझ आउन लागेको हो।
जानकारी अनुसार सुनिल र वर्षाले गायिका Rachana Rimal को नयाँ गीतबाट मोडलिङ यात्रा सुरु गर्न लागेका हुन्। सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता बढेसँगै अभिनय क्षेत्रमा समेत अवसर पाएको चर्चा भइरहेको छ।
यो खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। धेरैले नयाँ यात्राका लागि दुवैलाई शुभकामना दिँदै सफलताको कामना गरेका छन् भने कतिपयले “भाइरल हुने बित्तिकै मोडल बनाउने प्रवृत्ति” नेपालमा बढ्दै गएको टिप्पणी गरेका छन्।
केही प्रयोगकर्ताले क्षमता र अनुभवभन्दा बढी सामाजिक सञ्जालको लोकप्रियतालाई प्राथमिकता दिइनु उचित नहुने तर्क राखेका छन्। यद्यपि, फ्यानहरू भने सुनिल–वर्षाको पहिलो म्युजिक भिडियो हेर्न उत्साहित देखिएका छन्






