उदयपुर २०८२ साउन ३०
उदयपुर जिल्लाको बेलका नगरपालिका–७ का जलन राईले लेबुचे हिमाल (६,११९ मिटर) र आईल्याण्ड पिक (६,१८९ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्। यस साहसिक उपलब्धिको उच्च प्रशंसा गर्दै बेलका नगरपालिकाले विशेष सम्मान पत्र प्रदान गरेको छ।

सम्मानपत्र नगरपालिकाको कार्यालयमा उप–प्रमुख जिरा राईको हातबाट जलन राईलाई प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै उप–प्रमुख राईले जलनको यो सफल आरोहणले केवल बेलका नगरपालिका मात्र नभई सम्पूर्ण उदयपुरको शिर उच्च पारेको बताइन्। साथै, आगामी दिनमा सगरमाथा आरोहण गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरिन्।

हिमाल आरोहणमा उल्लेखनीय योगदानका साथै जलन राई सामाजिक सेवामा पनि सक्रिय छन्। उनले विगतमा धेरै दु:खी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन्, साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्रीजस्ता शैक्षिक सहयोग निरन्तर गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय