आवरउदयपुर,चैत्र २५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।

सोमबार पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो ।

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय