आवरउदयपुर,माघ २६ ।
नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघ उदयपुरमा गठन भएको छ।अध्यक्षमा ईश्वरमान साङ्पाङ चयन भएका छन् ।गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा गठित ११ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

तेस्तै उपाध्यक्षमा सुजन राई,सचिवमा जितेन्द्र राई,सहसचिवमा सिला राई,कोषाध्यक्षमा सुनिता रेग्मी,सदस्यहरुमा सन्तोष कार्कि,भुपाल राउत,ईस्वर मगर,टिका कुमारी राई,अमिन राई रहेको छ।

संघका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा निर्वाचन समिति संयोजक जिवनी बान्तवाले जिल्ला समितिको घोषणा गरिन् ।

जिल्लाका ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व गराउने उद्धेश्यले सवै स्थानीय तहवाट सदस्यहरू राखेर समेटिएको छ।

उदयपुरमा सम्भाबित स्थानहरुमा प्याराग्लाईडिङ्गलाई व्यावसायीक रुपमा अगाडि बढाउने टेकअप पोइन्ट र ल्यान्डिङ्पोइन्ट स्थानिय सरकार सङ्ग समन्वय गरेर संघ कै क्षेत्राधिकार ल्याएर दिगो पर्यटन बिकाशमा प्याराग्लाइडिङ्ग लाई स्थापित गर्दै उदयपुर लाई पर्यटन को नयाँ गन्तव्य को रुपमा देश बिदेशमा चिनाउने लक्षरहेकोअध्यक्ष राईको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय