आवरउदयपुर,माघ २३
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० वोक्से स्थित वाल मन्दिर मा.वि मा जिल्ला समन्वय समिति प्रमुख गौर बहादुर वि.क,त्रियुगा नगर प्रमुख वसन्त कुमार वस्नेत,जिल्ला प्रसासन कार्यलय प्रमुख हरी प्रसाद घिमिरे,नेपाल अवुर्द रोग निवारण संस्था उदयपुर सभापति सुमन परियार द्वारा भ्याक्सिन क्यारियर वक्स संयुक्त रुपमा स्वास्थ्यकर्मिलाई हस्तानतरण गर्दै खोप सुभारम्भ भएको हो।
कक्षा ६ देखि १० कक्षा सम्मको वालिकाहरुलाई लगाईने खोप उदयपुरमा ८ वटै स्थानीय तहमा संचालन भएको छ भने आजवाट सुरु भएको खोप उदयपुरमा फागुन २ गते सम्म रहने छ।
एच.पि.भि खोप सुरक्षित छ तशर्थपनि खोप लगाई सकेपछि केहि नकारात्मक असर देखा परेमा वा वेहोस हुने भएमा एक सुई लगाएपछि तुरुन्त ठिक हुने गरी पुर्व तयारीका साथ स्वास्थ्यकर्मि लाई खटाईएको स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाईचर निरिक्षक चिरन्जीवी निरौला ले जानकारी दिए।
उदयपुर जिल्लाभरीमा ४०३ स्वास्थ्यकर्मी,खोपकेन्द्र ३९६, स्वंयमसेवक ७९९ छन् भने २० हजार १ सय २२ जना वालिकाहरुले खोप पाउने भएका छन्।






