
गंगा राई ,माघ १७ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा प्रथम त्रियुगा जलजले महोत्सव माघ २३ गतेवाट हुने भएको छ ।आयोजक स्वर्णीम युवा क्लवले पर्यटन व्यावसायलाई प्रवर्धन गर्न महोत्सव गर्न लागिएको मुल आयोजक समितिका संयोजक रमाकान्त चौधरीले जानकारी दिए।
महोत्सवमा १ सय वढी स्टलहरु राखिने छ।स्टलमा रैथाने खाना परिकार,लत्ताकपडा हुनेछन्।महोत्सव आयोजनाका लागि लगानी ८० लाख वरावर लाग्ने आयोजकको अनुमान रहेको छ। महोत्सवका मुख्य प्रायोजक फर्मि मोटर्स रहेको छ भने सह-प्रायोजक बन्दीपुर केवुलकारले गरेको छ ।
महोत्सवले उठाएको रकमको ४० प्रतिशत जलजले नजिक रहेको पोखरीमा पार्क निर्माण र बोर्डिङका लागि लगानी गरिने संयोजक चौधरीको भनाई छ ।
“स्वदेशमा शिक्षा,कृषि,पर्यटन संगै स्थानीय व्यावसायी प्रवर्द्वन क्षेत्रमा लगानी विस्तार”स्लोगन छ यस्लाई नै हेर्नेहोभने पनि महोत्सव संचालनको केहि उदेश्य प्रष्ट रहन्छ तथापि महोत्सव रमाईलोको लागी मात्र नभएर स्थानिय व्यावसायहरुलाई चलायमान वनाउन पनि मुख्य भुमिका रहने उप संयोजक निर्मल चौधरीले वताए।
२३ देखि फागून ३ सम्म लाग्ने महोत्सवमा स्थानीय यूवाहरुको पूर्ण सपोर्ट रहने छ ।साथै महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सविन राईको व्याण्ड ,तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगर को उपस्थिती रहने छभने स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ।