
गंगा राई,माघ १५ ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ घलेडाँडा निबासीअन्दाजी ४३ बर्षे नयन्द्र बहादुर घले मगर आज विहान१०बजे मृत अबस्थामा फेला परेकाछन्।
नजिकै जोगिटोल कल्भट मा घोप्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।सत्यतथ्य छानविनको माग आफन्तले राखेका छन्।सोहि घटना स्थलमा तालिम प्राप्त कुकुर सहित जिल्ला प्रहरी कार्यलय उदयपुर प्रमुख प्रहरी उपरिक्षक हरीनाथ योगी को उपस्थितिमा अनुसन्धान भई रहेको छ।