
गंगा राई,माघ १५ ।
उदयपुरमा क्यान्सर विरुद्वको यच.पी.भी खोप माघ २३ वाट लगाउने भएको छ।देशैभरी संन्चालनहुने खोप १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जानकारी दिएका छन्।
उदयपुरमा २३ गतेवाट सुरुहुने खोप १५ दिन सम्म चल्नेछन्।
८ वटा स्थानिय तहमा छुट्टाछुट्टै समय तोकिएको छ,उदयपुरगढी गाउँपालिका माघ २८ देखि १,ताप्लि गाउँपालिका माघ २८ देखि ३० ,रौतामाई गाउँपालिका माघ २३ देखि २५,लिम्चुङवुङ गाउँपालिका माघ २३ देखि २४,कटारी नगरपालिका माघ २८ देखि २,त्रियुगा नगरपालिका माघ २३ देखि २५,वेलका नगरपालिका माघ २३ देखि २५ र चौदण्डी नगरपालिका माघ २८ देखि १ सम्म संन्चालन हुने भएको हो।
यस घातक रोग लागेपछि उपचार सम्भव नरहेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुखले वताए। २८३ वटा विधालय,९२ वटा स्वास्थ्य संस्था,समुदाय थप खोपकेन्द्र २१ वटा गरी ३९६ स्थानमा संचालन गर्ने भएको छ। उदयपुरमा २० हजार १ सय २२ जनाले खोप पाउनेछन् भने ४०३ स्वास्थ्यकर्मि र ७९९ स्वंयम सेवक रहनेछन्।