
आवरउदयपुर,पौष २७।
उदयपुर जिल्लाको सदरमुकाम गाइघाट स्थित भोली २८ गते आइतवार वृहत संस्कृति साँझ हुने भएको छ ।किरात संवत यलेदोङ ५०८५ को अवसरमा सांस्कृतिक कोष स्थापनाको लागी भोली आइतबार ‘मुन्दुमी सांस्कृतिक साँझ ५०८५’ को आयोजना गर्न लागिएको किरात राई सांस्कृतिक कलाकार संघका जिल्ला अध्यक्ष संरक्षक राईले जानकारी दिएका छन् ।
किरात राई समुदायको संस्कार, संस्कृति, भाषा, धर्म लगायत सम्पूर्ण प्राचिन सभ्यताहरुलाई संरक्षण गर्ने चेतना जागृत गर्ने उदेश्यसहित किरात राई सांस्कृतिक कलाकार संघ संघीय समितिले १ नं. प्रदेशको उदयपुर जिल्लाबाट सुरु गरेको हो ।
नेपालका संस्थापक किरात राजा हाङ यलम्वरको नामबाट चलेको संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गर्न सांस्कृतिक संघले माग समेत गरेको छ । साथै प्रत्येक जिल्लामा ५ लाखसम्म सांस्कृतिक कोष स्थापना गर्ने लक्ष्य रहेको सांस्कृतिक संघका संघीय अध्यक्ष शालिक शातासक राईले बताए ।
सांस्कृतिक कलाकार संघ उदयपुरको आयोजना,किरातराई यायोक्खा उदयपुरको संमन्वय र संघीय समितिको संयोजनमा आयोजना हुने आयोजित मुन्दुमी सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरु जीतेन राई, पार्वती राई, भिषण मुकारुङ, राजुएन राई, राई नवीन, शसिकला राई,डीवी राई लगायतको प्रस्तुती रहने छ । कार्यक्रम मोतिगडा होटल द एम्पायरमा दिउसो २ बजेदेखि साझ ७ वजेसम्म हुने छ ।