आवरउदयपुर,अशोज ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृतिले विकास र समृद्धिको नयाँ यात्रा सुरु गरेको बताएका छन्।
एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिएको बताए।
अध्यक्ष प्रचण्डले खेल र संस्कृति दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको बताए।
नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताए।