आवरउदयपुर,साउन १०। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमलगातका बारेमा छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ ।

यसअघि असार २१ गते सकिएको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको थियो । तर १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरिएपनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय