आवरउदपुर,माघ १७ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ।

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । तर सरकारे सो निर्णय भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

सम्मेलनका कार्यकारी समितिका सदस्य नृप सुनारले तयारी नपुग्ने भएको हुँदा आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए ।

पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय