आवरउदयपुर,मंसिर ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले धरपकड र नजरबन्द जनताको मौलिक हक विपरीत हुने टिप्पणी गरेका छन् ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि लिङ्देनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् । धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस् ।’






