आवरउदयपुर,कार्तिक २२ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य आज ताेलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






