आवरउदयपुर,अशोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेको दश सीट थपिने दाबी गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘ कोशी प्रदेशमा अहिले आज ४० सिट छ,’ उनले भने, ‘मध्यावधि निर्वाचन हुने स्थिति आयो भने थप १५ सिट बढ्छ ।’
अध्यक्ष ओलीले कोशी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको समेत बताए ।






