आवरउदयपुर, असोज ११।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार १८ जनाको सरुवा सूची सार्वजनिक गरेको हो । जसअनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी प्रदेशस्थित मुख्यम न्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निर्मल परियार र लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुवास रिजालको सरुवा भएको हो ।

गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्य प्रशासनमा सरुवा भएको छ । अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने उद्योगमा अमित भूषण, महेश पौडेल पुगेका छन् ।

भूमि व्यवस्थाका बाबुराम पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुरुवा भएका छन् ।

यसैगरि प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय