आवरउदयपुर,अशोज ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरे।
भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।






