आवरउदयपुर,भदौ २० ।
६० किलो सुन तस्करी प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग अधिकारीको सम्पर्क देखिएपछि सीआईबीले केन्द्रिय अनुसन्धान विभागमा बोलाएर बयान लिएको बताइएको छ । अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप)मा कुरा गरेको भेटिएको छ ।

दावा छिरिङसँग अधिकारीको सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो ।

ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो । सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय