आवरउदयपुर,साउन ३० ।
नेविसंघको केन्द्रीय तदर्थ समितिमा मनोनीत भएका दुई सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले राजीनामा दिएका छन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा नरहेको घोषणा गरेका हुुन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
मंगलबार विज्ञप्ति निकालेर उनीहरूले ुनेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका हुन्।
नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्।






