आवरउदयपुर,साउन २१
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदनमागि गम्भीर प्रश्नहरू उठाएका छन् ।

बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय