आवरउदयपुर,असार ९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिन सक्ने संकेत गरेका छन् ।

काठमाडौंमा–४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन फेरिने संकेत गरेका हुन् ।

उनले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने संकेत गरेका हुन् । ‘गठबन्धन ठीक ढंगले गएन भने गठबन्धन बदलिन्छ,’ उनले भने ।

उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए । उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय