आवरउदयपुर,वैशाक २१
उदयपुरको त्रियुगा नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । आउँदो बैशाख २४ गते विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका वडानं ५ को आयोजनामा स्वास्थ्य चौकी देउरीमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा मुटु, पाठेघर, छाला तथा यौन रोग, नाक, कान, घाँटी, दम सम्बन्धि भिडियो एक्सरे, फिजिसियन, इसिजी, इको सेवा प्रदान गरिने अस्पतालका सूचना तथा संचार अधिकृत कैलाश भट्टराईले जानकारी दिए ।
उनका अनुसार आधा दर्जन विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने छ । गाउँघरमा लुकाएर राखिएका विरामीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने हेतुले शिविरको आयोजना गरिएको वडाध्यक्ष उद्धव थापाले बताए ।
शिविरमा वडानं ५,४,३,६,७ लगायतका क्षेत्रबाट सेवा लिन सक्ने उनले बताए । खासगरी गरिव जनता जो खर्च गरेर उपचार गराउने अवश्था छैन् त्यस्ता रोगीहरुलाई स्थानीय स्तरमा नै सेवा प्रदान गर्ने शिविरको लक्ष्य रहेको उनले बताए ।