आवरउदयपुर, पौष १२
सरकारले संघीय संसदको बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पुसको अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।