मंसिर १६/धरानमा आमा समुहले एक निर्दोष महिलाको ज्यान लिएको छ।ज्यान जानेमा धनकुटा छिन्ताङ घर भै हाल धरान १३ मा बस्दै आएकी वर्ष ४२ कि उषा राई हुन् ।ज्यान लिने समूह लाई जन्मकैद हुनु पर्ने सजामसेवी जुनु पुन मगरले माग राखेकी छिन् ।मगर ले आक्रोश व्यक्त गर्दै एकल महिला माथी गिद्दे नजर र दोष लगाउने,जघन्य अपराध घटाउने अपराधि जनजागृती आमा समुह लाई छिटोभन्दा छिटो कानुनी कठघरा मा पुर्याउने कदम नभए आन्दोलनमा उत्रिने समेत बताएकि छिन् ।काखको सानो बच्चालाई टुहुरा बनाइ आमाको माया खोस्ने अपराधीलाई छोड्ने हो भने यस्ता घटना अझै फैलिएर जाने र एकल महिलाले कहिले सम्म दोष बोकेर बस्ने,भन्दै सम्पुर्ण बुद्धिजिवि,अग्रज सङ्ग न्यायका लागि लड्न हार्दिक अपिल समेत गरेको उनको भनाइ छ।विगत केहि समय अगाडिदेखि आफ्नो पति सङ्ग छुट्टीएर काखको सानो बालकलाइ पालन पोषण गर्दै आएकी राइको उपचारको क्रममा बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरनमा मृत्यु भएको थियो।