आवरउदयपुर, मङ्सिर १
चुनावी प्रचार अभियानको लागि समयावधि सकिनै लाग्दा लमजुङमा उमेदवारहरूले आफ्नो मतदाता भेटघाटलाई तिव्रता दिएका छन्। प्रमुख प्रतिस्पर्धामा देखिएका सत्ता गठबन्धन र एमालेका उमेदवारले बुधबार विहानैदेखि सुन्दरबजार नगरपालिकाका वडा नं ८ र ९ का मतदाता भेटघाटमा पनि प्रतिस्पर्धा गरिरहेका छन्।
यस क्षेत्रका तमु समाजहरूले आफ्नो समर्थन र साथ माओवादी महासचिव देव गुरूङ र गठबन्धनका उमेदवारलाई रहेको घोषणा गरेका छन्।
मतदाता भेटघाटमा व्यस्त गठबन्धनका उमेदवारहरू प्रतिनिधि सभा उमेदवार देव प्रसाद गुरूङ र प्रदेश ख का उमेवार भेष बहादुर पौडेल तथा माओवादी तर्फका प्रतिनिधि सभाका समानुपातिक उमेदवार उर्मिला माझी र प्रदेश सभाका लागि कांग्रेसबाट समानुपातिक उमेदवार टीका बस्यालसहितको मतदाता भेटघाटमा समता तमु समाज भोटेवडारमा आयोजित कार्यक्रममा समता तमु समाजमा आवद्व ६ सय भोट गठबन्धनको पक्षमा रहेको जानकारी दिइएको हो। समाजका अध्यक्ष पदम गुरूङले माओवादी महासचिव देव गुरूङले समाजको विकास र भौतिक पुर्वाधार निर्माणमा निरन्तर सहयोग गरिरहेकाले समाजले देव गुरूङ र गठबन्धनका उमेदवारलाई मत दिएर गुन तिर्ने बताएका हुन्। एमाले उमेदवार पृथ्वी सुब्बाले मुख्यमन्त्री हुँदा पनि वेवास्ता गरेको भन्दै उनलाई समाजसँग भेटघाटको लागि समय समेत नदिइएको समाजका एक सदस्यले बताए ।
सिर्जनशील तमु समाजको पनि साथ गठबन्धनलाई
त्यसैगरी सिर्जनशील तमु समाजले पनि आफ्नो समर्थन गठबन्धनका पक्षमा रहेको स्पष्ट पारेको छ । समाज का अध्यक्ष सन्तबहादुर गुरूङले आफ्नो नेतृत्वको समाजको समर्थन गठबन्धनका उमेदवारलाई रहने घोषणा गरेका छन् । उनले देव गुरूङले सांसद हुँदा समाजलाई बजेट दिएर सहयोग गरेको तथा कांग्रेस नेता तथा पुर्व सांसद चन्द्रबहादुर कुँवरले पनि बजेट दिएर भवन निर्माण गर्न सहयोग गरेकाले आफुहरूले गठबन्धनलाई नै साथ दिने बताए । यो समाजमा पनि एक सय साठी प्रतिष्ठित महानुभावहरू सदस्य रहेको गुरूङले बताए।
तामाङ गुम्बा झेगोछेन डिङ्मा ज्याधेन छोइलिङ गुम्बाले पनि दियो शुभकामना
यसैगरी पैरेमा रहेको तामाङ समुदायले पनि आफुहरूलाई निरन्तर साथ र सहयोग दिने माओवादी महासचिव देव गुरूङ र गठबन्धनका उमेदवारलाई विजयको शुभकामना दिएका छन् । उनीहरूले मत दिएर साथ दिने भएका छन् । गुम्वा परिसरमा आयोजित भेटघाट कार्यक्रममा समाजका सचिवले सो जानकारी गराएका हुन् ।
केन्द्र र प्रदेश दुबैमा गठबन्धनको सरकार बन्छ स् महासचिव गुरूङ
मतदाता भेटघाटका क्रममा आयोजित कार्यक्रमहरूमा प्रतिनिधि सभाको लागि उमेदवार माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङले निर्वाचन पश्चात् केन्द्र र प्रदेश दुबैमा गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीले जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको तथा जनमतलाई लत्याउँदै दुई पटक संसद र संविधानको हत्या गर्न खोजेकाले संविधान बचाउन र व्यवस्था बचाउन गठबन्धन बनेको बताउँदै आगामी सरकारले जनतालाई सुशासनसहितको विकास र समृद्धि दिने बताएका थिए।
कार्यक्रममा प्रदेश सभा सदस्य उमेदवार तथा नेपाली कांग्रेस पुर्व सभापति भेषबहादुर पौडेलले गठबन्धनको विजय भइसकेको तर घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन्। उनले गठबन्धन कसैको रहर वा लहडमा बनेको नभई राष्ट्रको आवश्यकता भएकाले सबैले दायाँबायाँ नगरी गठबन्धनका उमेदवारलाई भोट दिन अपील गरेका छन्।
त्यसैगरी प्रदेश क का उमेदवार नेपाली कांग्रेस लमजुङका सभापति डा। टकराज गुरूङले करिब दुई तिहाई जनमत पाउँदा पनि केही गर्न नसक्ने र उल्टै संविधान र संसदको हत्या गर्ने एमालेले जनताको अगाडि माफी मागेर खुट्टा ढोग्नुपर्नेमा अझै दम्भ देखाउँदै बहुमत माग्नु लाजमर्दो र अराजनीतिक भएको भन्दै उसलाई परास्त गर्न अपिल गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय