हिमाल राई
बराहक्षेत्र नगरपालिकाको आयोजना तथा रामलाल गोल्छा अाँखा अस्पतालकाे प्राविधिक सहयोगमा बडा नं १ कार्यालय परिषद् भित्र निशुल्क शिविर सम्पन्न भएको हो।
शिविरमा बडा नं १ मा ९१ तथा वडा नं २ मा ३६ जना अन्य २ जना आँखा विरामिहरुले उपचार सेवा लिएका थिए।
आँखाका बिरामिहरुले परीक्षण गराएको कुरा दृष्टि विशेषज्ञ डाक्टर सन्जिव यादवले जानकारी दिए।
सिविरमा आँखा पोल्ने,मोति विन्दु,आखा पाकेको,मासु पलाएको, आँखा बाङ्गो भएको,दृष्टि दोष, मधुमेह रोग कारणले रेटिनो पेथिक जाच गरीएको थियो।
मोति विन्दु भएका २६ जन्म विरामिहरुलाई सहित १ जना कुरुवा आफ्नै सवारी साधन लगि निशुल्क अप्रेसन गरी दिने कुरा डाक्टर दृष्टि विशेषज्ञ धर्मेन्द्र कुमार महतोले जानकारी दिए।
आँखा साधारण विरामीहरुलाई निःशुल्क रुपमा ६५ जनालाई अौषधी वितरण गरीएको थियो।
शिविरमा वर्ष ७ को बालक दिवन बराइली देखि ८५ वर्ष को बम बहादुर भुजेल लगायतका स्थानिय बासिन्दाहरूले सेवा लिएको कुरा राजेश कटुवाल जानकारी दिए।
बराहक्षेत्रका वडा नं १ का अध्यक्ष किशन मगरले आफ्नै,गाउँ,ठाउँमा विज्ञ डाक्टरहरूको उपस्थितिमा उपचार गर्न पाएको बराहक्षेत्र वासिन्दा तर्फबाट रामलाल गोल्छा अाँखा अस्पतालकाे टिमका सदस्य तथा बराहक्षेत्र स्वास्थ्य साखा परीवारलाई प्रति मुक्तकण्ठले प्रशंसा गरे धन्यवाद व्यक्त गरे।
बराहक्षेत्र नगरपालिका सामाजिक विकास अधिकृत अरुण मेहता रामलाल गोल्छा अाँखा अस्पतालकाे स्वास्थ्यकर्मीहरु श्याम सुन्दर मण्डल,प्रियंका कुमारी चौधरी,जोशना पराजुली टिमले स्वास्थ्य सेवा दिएका थिए।
बराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको रामलाल गोल्छा अाँखा अस्पतालकाे सहयोगमा सन्चालित सि.इ.सि.मा आँखाको समस्या भएका विरामीहरुले आइतबार, वुधवार दिउँसो १० देखि ३ सम्म सेवा सुविधा लिन सक्ने छन्।