हिमाल राई,बराहक्षेत्र
२०७४ सालको स्थानीय निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गरेर दोश्रो स्थान हासिल गरेका थिए।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिएँ।
यस पटकको चुनावमा एमालेबाट नगर प्रमुख निलम खनाललाई पुनः दोस्रो नगर प्रमुख रुपमा दोराएका छन् खनाल बराहक्षेत्र नगर पालिकाका प्रथम नगर प्रमुख भएर काम गर्ने अवसर प्राप्त गरीसकेका छन्।उनी नेकपा एमाले सुनसरी जिल्ला उपाध्यक्ष पनि हुन।
एमाले नेता निलम खनाल आफ्नो राजनैतिक विरासत कायम गर्दै नगर प्रमुख उप प्रमुख सहित सवै सदस्यहरु जित्ने लक्ष्य साथ चुनावि मैदानमा होमिएका छन। पुनःसाम,दाम,दण्ढ,भेद प्रयोग गरी पुनः नगर प्रमुखको पद हत्याउने दाउमा रहेका छन।
यस पटकको चुनावमा नेपाली काँग्रेसलाई नेकपा माओवादी केन्द्रको गठबन्धनको साथ सहयोग प्राप्त गर्दै युवा नेता रमेश कार्कीलाई नगर प्रमुखको रूपमा उतारेको छ।
युवा नेता रमेश कार्की पनि साम,दाम,दण्ढ,भेद प्रयोग गरी एमालेको लाल किल्ला भत्काउदै नगर प्रमुख,उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जित्ने दाउमा लागि परेका छन।
रमेश कार्कीले भने स्थानीय तह २०७४ को निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले एकलौटी चुनावि प्रतिस्पर्धामा होमिदा दोस्रो स्थानमा प्राप्त गरेका थियो भने यस पटक माओवादी केन्द्रको साथ सहयोगले गर्दा आफ्नो जित सुनिश्चित भएको कार्कीले दावी गरेका छन्।
यस पटक बराहक्षेत्र नगरपालिकाको चुनावी माहोलमा नगर प्रमुख,उप प्रमुख देखि सदस्य सम्म कांग्रेस तथा एमाले बिच एक अर्कामा कडा रुपमा प्रतिस्पर्धा हुने आँकलन स्थानीय नगरवासीले गर्दै छन।
२०७४ सालको स्थानीय निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा एमालेले नगर प्रमुख,उप-प्रमुख सहित ३,४,५,७,८,९,१० तथा ११ गरी ८ वडा अध्यक्ष जित हासिल गरेका थिए।
भने नेपाली कांग्रेसले ३ वटा वडाध्यक्षमा मात्र सिमित भएका थिए।जसमा वडा नं १ सुरेश श्रेष्ठ वडा नं २ हरीकृष्ण भट्टराई तथा वडा नं ६ उद्वव पोख्रेलले विजय प्राप्त भएका थिए।
गठबन्धनका निर्वाचन समिति बराहक्षेत्रका सारथि रेवती रमण दुलालले चुनावी रणनीतिको जिम्वेवारी पाएका छन्।
उनि भन्छन यस पटकको निर्वाचनमा नगर प्रमुख,उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जित्ने लक्ष्यका साथ लाल किल्ला ढाल्ने दाउमा लागि परेका छन्।उनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सफल तथा असफल हुन्छन् चुनावि प्रणिमाण देखाउने नै छ।
एमालेबाट निर्वाचन परीचालित कमिटीको संयोजक तथा सारथि बद्री नाथ धिमिरेले जिम्वेवारी पाएका छन्।उनी नगर प्रमुख,उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जिताउने जिम्मा लिएका चुनावि माहोलमा आफ्ना कार्यकर्ता तथा सुभेच्छुकहरुलाई वडा, वडाहरुमा परिचालित गरी २०७४ सालको लाल किल्लाको विरासत जोगाउनका लागि अवरात्र लागि परेका कुरा धिमिरेले बताए।
गठबन्धन दुलाल तथा एमालेकाे तर्फबाट धिमिरेले आफु माथि आइ परेको जिम्मेवारी पुरा गर्न साम,दाम,ढण्ड,भेदको अस्त्रहरु काहा,कसरी प्रयोग गर्छन् भन्ने बारेमा स्थानीय बासिन्दाहरुलाई चासोको विषय बनेको छ।
गठबन्धनको साझा उम्मेदवार रमेस कार्कि प्रतिपक्ष एमाले उमेद्वार भन्दा अगाडि देखिए छन।तर गठबन्धन तथा एमालेको कस-कसले उम्मेदवारीहरु निर्वाचनमा वाझि मार्छ भन्ने आकलन गर्न सक्ने अवस्था रहेको छैन।
एमालेले नगर प्रमुख,उप प्रमुख सहित ८ वटा वडा अध्यक्ष जितेको थियो भने नेपाली कांग्रेसले ३वटा वडा अध्यक्ष जितेको थियो।सो विरासत जोगाउन दुवै दलका सारथिले सक्छ सक्दैन भन्ने जन मानसमा कैतुहल विषय बनेको छ।
::गठबन्धनद्वारा नगर प्रमुख नेपाली कांग्रेस रमेश कार्कीको नेतृत्वमा उप प्रमुख तथा वडा अध्यक्षहरुको नामावली यसप्रकार छन्:-
उप प्रमुख माओवादीका अमित गौतम
वडा नं. १ सुरेश श्रेष्ठ
वडा नं. २ नारायण नेपाल
वडा नं. ३ राजदिप लामा
वडा नं. ४ नुतन धामी
वडा नं. ५ रोहित काफ्ले
वडा नं. ६ उद्धव प्रसाद पोख्रेल
वडा नं. ७ कपिल आचार्य
वडा नं. ८ रोशन खड्का
वडा नं. ९ निरन्जन चन्द्रवंशी
वडा नं. १० तेज गुरुङ्ग
वडा नं. ११ कृष्ण कुमार महतो रहेका छन्।
बराहक्षेत्र नगरपालिकामा ने.क.पा. एमालेको तर्फका उमेदवारहरु:
नगर प्रमुख : निलम खनाल
उपमेयर : नन्द कुमारी राई
वडाध्यक्षहरु:-
वडा-१: किसन थापा मगर
वडा-२: होम प्रसाद गौतम
वडा-३रुद्र बहादुर दाहाल
वडा-४आशाराम चौधरी
वडा-५देबेन्द्र बहादुर बिष्ट
वडा-६ टेकेन्द्र कार्की
वडा-७ होमनाथ निरौला
वडा-८ भानु लिम्बू
वडा-९ दिपक लिम्बू
वडा-१० मणिराज तामाङ
वडा-११ गोकुल श्रेष्ठ रहेका छन।






