
पौष १७हिमाल राई बराहक्षेत्र
अौलिया बाबा बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र नगर पालिका वडा नं २ को १२ अौ वार्षिक साधारण सभा बोल वम धर्मशाला चतरामा आज सम्पन्न भएको छ।
स्वागत मन्तव्य समितिका उपाध्यक्ष सोमराज बस्नेत ( दिपेश)ले दिएका थिए।
बार्षिक प्रतिवेदन: अध्यक्ष रमेश कुमार बिष्टले प्रस्तुत गरेका थिए भने अार्थिक प्रतिवेदन प्रस्तुत : लेखा समितिका संयोजक: शान्तिराम खतिवडा वाचन गरेर सुनाएका थिए।
सस्थाहरुको जम्मा निक्षेप बचत रकम ३६२०१७३२।२० रहेको छ।
२५३.५९.६३५.९९ रहेको रहेको छ।
आय तर्फ ३७.२१.५२१.२३ रहेको छ।
असल ऋणि पुरूष तर्फबाट भरत शाह महिला तर्फबाट चम्पा श्वरि राईलाई नगद २५०० सहित प्रसंसापत्र प्रदान।
शिक्षा क्षेत्रबाट,अध्यक्ष रमेश विष्टकी छोरि ग्लोबल स्कुलबाट १२ को ३.५५ जिपिए ल्याउन सफल भएकि उत्कृष्ट छात्रा उषा विष्ट तथा उत्कृष्ट छात्र डिक बहादुर श्रेष्ठका छोरा हेम कुमार श्रेष्ठ को छोरा एम्स एकेडेमी बाट ३.१५ जिपिए ल्याएका उनिहरूलाई २५०० नगद सहित प्रसंसापत्रले उपाध्यक्ष सोमराज बस्नेत)दिपेसले तथा
प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका अार्थिक शाखा प्रमुख मात्रिका प्रसाद खतिवडाले प्रदान गरेका थिए।
२५ जनाले सस्थाबाट ऋण लिएर नतिर्ने ऋणिहरूको नाम समेत ऋण समितिका संयोजक पुष्पदिप पौडेलले सार्वजनिक गरेका थिए।
उक्त ऋण लानेहरूलाई पुन: सस्थाले पत्र काटने र ऋण असुल उपर गर्ने कुरा समेत संयोजक पौडेलले जानकारी दिए।
अतिथिहरू वृहत्तर बराहक्षेत्र विकास समिति अध्यक्ष भेषराज घिमिरे, बराहक्षेत्रका अग्रज समाजसेवि गणेश सुुब्बा विरहि,समाजसेवि,अोम कुमार शर्मा,चतरा बहुउद्देश्यीय सहकारी संस्था चतरा कि अध्यक्ष सिता(भण्डारी) पौडेल,बराहक्षेत्र नगरपालिका वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराई ,तोरिवारि खानेपानि संस्था अध्यक्ष डम्बर सिग्देल,बसन्त ऋतु सहकारि संस्था अध्यक्ष दुर्गा बुदाथोकी,सरोवर सहकारि संस्था अध्यक्ष रोसन श्रेष्ठ,पुष्प पौडेल,प्रकास बस्नेत,राजु कार्की,इश्वर श्रेष्ठ,सरीता खड्का,प्रदिप श्रेष्ठ,कुमार श्रेष्ठ,सुजन श्रेष्ठ,निर्मला पोख्रेल (दाहाल) लगायतको उपस्थिति रहेको थियो।