पौष ८,बिराटनगर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा १६९ मतले हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन । मिक्सोका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै पाएका छन ।
तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ मत,देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत संगै बिजय भएका छन। यसैगरी सचिव पदमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत पाएका छन।
तेस्तै सहसचिवमा कुमारी राई ११४,ऋषिराम ढुंगाना ९५,सागर किराँती ७३ मतले विजय भएका छन। यसैगरी कोषाध्यक्ष मा ९३ मतले रेवतराज पुरी निर्वाचित भएका छन। नौ (९)जना पदाधिकारिका लागि २९ जनाको उम्मेदवारी परेको थियो भने २४० जनाले मतदान गरेका थिए।
गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसहमत निर्वाचित गरेको थियो ।
मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले बताएका छन।






