आवर उदयपुर
उदयपुर श्रावण ३२

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । घटनामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ बर्षिय उचितलाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको हो ।
श्रावण १३ गते देखि हराएकी चौधरीको राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा लाश दुर्गंधित अबस्थामा फेला परेको सँगै कृशलाका वुवा प्रेम कुमार चौधरीले श्रावण २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा अस्पतालको शव गृहमा रहेको लाश आफ्नो छोरीको भनी जानकारी गराएका थिए । प्रहरीको विशेष टोलीले आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धान, सोधपुछ, सामाजिक संजालको प्रयोग, घटनास्थलको अवलोकन मृतक परिवार संगको सोधपुछ लगायतको आधारमा अपराधि सम्म पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोराले जानकारी दिए । प्रहरी अनुसन्धानको क्रममा कृशलाको हत्यारा उचितलाल सदाले घरवार विगारिदिएको बदला स्वरुप हत्या गरिएको खुलासा भएको प्रहरीले जनाए । सामाजिक संजालमा कृशलाको हत्यामा वलत्कार पछी एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा कुनैपनि कुरा पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर